राजेश खत्री,
दाङ,चैत १० । राष्ट्रियसभा सदस्य शान्ता चौधरीले पढ्नलाई उमेर नछेक्ने बताएकी छन् । आइतवार देखि सुरु भएको कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइईको परिक्षा दिन तुलसीपुर स्थित सेन्टर माविको परिक्षा हलमा प्रवेश गर्नुपूर्व उनले त्यस्तो बताएकी हुन । बाल्यकालमा विद्यालय जान निकै तड्पिएको भएपनि आज त्यो सपना पुरा हुन थालेको भन्दै सांसद चौधरीले खुुी सोटेकी थिइन ।
‘पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन,’ शान्ताले भनिन् । कुनैपनि मान्छे कुनैपनि कुरामा पूर्ण नहुने हुँदा नजानेको कुरा सिक्नु सामान्ने प्रक्रिया भएको उनले बताइन । नतिजा कस्तो आउँछ त्यो अनुरुपले आगाडि बढ्ने बताएकी उनले आफ्नो लक्ष्य बुढेसकालमा भएपनि पिएचडी गर्ने रहेको जानकारी दिइन ।
नेपाल कम्युनिष्ट पार्टीको सचेतक समेत रहेकी चौधरीले
खुल्ला शिक्षा अन्तर्गत माध्यामिक विद्यालय तुलसीपुर सेन्टरवाट परिक्षा दिइ रहेकी छन् । उनले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित महेन्द्र माध्यामिक विद्यालयमा खुल्लातर्फबाट एसइई परीक्षा दिन लागेकी छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुर निवासी ३८ वर्षीया सांसद चौधरीले सानोमा अरूको घरमा कम्लहरी बस्दा पढ्न पाइनन् । उनी झन्डै १८ बर्ष अरुको घरमा कम्लहरी बसिन । त्यही भएर शान्ताले गाउँकै मावि गोग्लीमा कक्षा ८ मा २ बर्ष अघि नाम लेखाएर अध्ययन थालेकी हुन ।
सांसद शान्ता र उनकी १७ बर्षीया छोरी विनु चौधरीले एकै साथ एसइई परिक्षा दिन लागेका छन् । विनु काठमान्डौंको आरुवारीस्थित सृजना बाल बोर्डिङ बाट परिक्षा दिदै छिन् । शान्ताका छोरा अनिल चौधरी जेभियर्समा कक्षा १२ मा अध्यनरत छन् ।
सेन्टर मावि तुलसीपुर बाट परिक्षा दिइरहेकी शान्ताको बेञ्चमा १७ बर्षीय खगेन्द्र विष्ट छन् । शान्ताको ठिक पछाडि एकजना १५ दिने सुत्केरी महिला पनि परिक्षामा सामेल छिन । तुलसीपुुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर निवासी सुशिला भण्डारी १५ दिने छोरा काखमा राखेर परिक्षा हलमा परिक्षा दिइरहेकी छन् ।