२०८१ भाद्र २३ गते आइतवार

समाजरुपान्तरणमा सामुदायिक रेडियोको भुमिका अनुकरणीय छ : वरिष्ठ उपाध्यक्ष गिरी

पूर्ण के.सी.,
दाङ, चैत ९। सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले आफ्नो १८औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयमा राजधानीमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अकोराबका वरिष्ठ उपाध्यक्ष एवम् दाङको सामुदायिक रेडियो तुलसीपुरका स्टेसन म्यानेजर अर्जुन गिरीले नेपालको ऐन, कानुनले नबोले पनि अन्तरराष्ट्रिय अभ्यास,सामाजिजक संघसंस्थासँगको साझेदारी, कार्यक्रम र विषयवस्तुका आधारमा सामुदायिक रेडियोको अभियानले नयाँ सन्देश दिएको बताए ।

‘नेपालको सामुदायिक रेडियोको अभियान विश्वका लागि अनुकरणीय रहेको छ । सामुदायिक रेडियोको आन्दोलननले नीतिगत रूपमा समस्या झेल्दै आएको छ ।’ वरिष्ठ उपाध्यक्ष गिरीले भने ।

‘अहिले हामीले गरिरहेको सामुदायिक रेडियो अभियानको यात्रा ग्राभेल बाटोमा छ । तर ६ ल्याण्डको राजमार्गमा नेपालको सामुदायिक रेडियो अभियान हिँड्न चाहेको छ ।’ असारको मसान्तममा हरेक वर्ष दवाव दिँदा रोयल्टी र नवीकरण शुल्कमा सरकारबाट केही सुविधा पाइए पनि यो पर्याप्त नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७५ चैत्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *