२०८१ बैशाख ७ गते शुक्रवार

टिकटकले घरघरमा कलाकार उत्पादन गर्यो ः महानायक हमाल

निरला अर्याल,दाङ,फागुन ९ । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले टिकटकले घरघरमा कलाकार उत्पादन गरेको बताएका छन ।

उनले हरेक व्यक्ति कलाकार बनेको समयमा नेपाली चलचित्रमा थप चुनौति र मिहनेतको आवश्यकता परेको हमालको भनाइ छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै हमालले भने,पहिले चलचित्रमा प्रवेश गरेका व्यक्ति मात्र अभियनमा पोख्त हुन्थे तर पछिल्लो समय धेरै व्यक्ति सहज रुपमा अभिनयमा दक्ष भएका छन् ।

नायक हमालले सामान्य खालको छायांकन गरेर दर्शकहरुको चाहान पुरा गर्न नसकिने बताए ।

समय सापेक्ष समाजलाइ मिल्दोजुल्दो आम नेपालीको जीवनशैलीलाइ प्रतिविम्बीत गर्ने घर आँगनका कथा वस्तुलाइ चलचित्रममा उर्तानुपर्ने बताए ।

तर धेरै जसो चलचित्रकर्मीहरु सजिलो बाटोमा लागेको हुनाले यसै अनुरुप सामाजिक राजनैतिक मुद्धाहरुलाइ मनोरन्जनको माध्यमबाट दिन सकेमा नेपाली चलचित्रले फड्को मार्ने हमालको भनाइ छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा संघका निर्वतमान अध्यक्ष शिव पुनले स्वागत गरेका थिए ।

कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *