तुुलसीपुर, ९ चैत ।
नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमा तालाबन्दी भएको छ । फागुन २५ गते भएको आयुुर्वेद बिएएमसको प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्नुुपर्ने माग गर्दै अनेरास्ववियुु दाङले तालाबन्दी गरेको हो ।
प्रवेशिका परीक्षाको नतिजा २÷३ दिनभित्र सार्वजनिक गर्नुुपर्ने भएपनि आजसम्म नतिजा सार्वजनिक नगरिएको भन्दै तालाबन्दी गरेको अनेरास्ववियु दाङका अध्यक्ष विरबल खड्काले जानकारी दिए ।
राजनीतिक दबावमा निष्पक्ष नतिजा सार्वजनिक हुुन नसक्ने बताउँदै अध्यक्ष खड्काले आफ्ना आफन्तलाई पास गराउन चलखेल भएको आरोप लगाएका छन् । त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको केन्द्रीय अनुुसन्धान अध्ययन केन्द्र र साँस्कृतिक अध्ययन केन्द्र स्थापना हुुन नसकेको भन्दै तालाबन्दी गर्न बाध्य परिएको उनले बताए ।
कार्यालयमा अनेरास्ववियु दाङको अर्को पक्षले पनि तालाबन्दी गरेको छ । सर्जन परियारको अनेरास्ववियु पक्षले प्रवेशिका परीक्षा अर्को गराउनुपर्ने माग गरेको छ भने खड्का पक्षले पुरानै परीक्षाको नतिजा सार्वजनिक गर्नुुपर्ने माग गरेको छ ।