२०८२ माघ २३ गते शुक्रवार

उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्ष पदमा सर्वसहमत निर्वाचित

काठमाडौं ,माघ २३ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल सर्वसम्मत रूपमा निर्वाचित भएकी छन्।

उपाध्यक्ष पदमा सत्तारूढ गठबन्धनको तर्फबाट माओवादीकी अर्यालको मात्रै उम्मेदवारी परेको थियो। उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

प्रतिपक्ष दलका तर्फबाट कुनै पनि उम्मेदवार नउठाइँदा उनी सर्वसम्मत रूपमा निर्वाचित भएकी हुन्। विपक्षी कांग्रेस र एकीकृत समाजवादीले उम्मेदवारी दिएका थिएनन्।

हिजो आइतबार उम्मेदवारी दर्ता गराएकी अर्यालको प्रस्तावकमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका थिए।

राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका १०, एकीकृत समाजवादीका आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्।

 

 

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *