२०८१ बैशाख १२ गते बुधवार

अवरुद्ध लुम्बिनी प्रदेश सभा बैठक सुचारु

दाङ,माघ २० । प्रतिनिधि सभाका सांसद अरुणकुमार चौधरी पक्राउको विरोधमा नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

शुक्रबार बसेको प्रदेशसभाको पाँचौं बैठकमा नागरिक उन्मुक्तिका सांसदहरूले उठेर विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

स्थगित बैठक अहिले पुनः सुरु भएको छ । शुक्रबार बैठक सुरु हुनासाथ नागरिक उन्मुक्तिका प्रदेश सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए ।

उनीहरुको विरोधपछि सभामुख वसन्त घर्तीले १५ मिनेटका लागि बैठक स्थगित गरेको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *