काठमाडौँ ,माघ २० । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले घटेर १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार रुपैयाँ निर्धारण भएको थियो। शुक्रबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर तोलाको १३ सय ६५ रुपैयाँ कायम भएको छ।
बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको छ।
प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार