तुलसीपुर,१८ माघ । लुम्बिनी प्रदेशसभाको बैठक माघ २० गते शुक्रबार बस्ने भएको छ ।
प्रदेशसभा सचिबालय सचिब दुर्लभकुमार पुनका अनुसार पहिलो अधिवेशनको पाँचौ बैठक माघ २० गते बस्ने भएको हो ।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम (३) बमोजिम दिउसो १ बजे बैठक आह्वान गरिएको छ ।
लुम्बिनी प्रदेशमा मन्त्री परिषद विस्तार हुन सकेको छैन । समितिहरुको पनि टुंगो लागेको छैन ।
प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार