काठमाडौँ ,माघ १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेलाई आइतबार नै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ।
रविको नागरिकता विवादमा १३ माघमा सर्वोच्च अदालतको फैसलापछि रविको सांसद् पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपाले जनाएको छ।
रवि नागरिकताका लागि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा छन्। रविले नागरिकता लिएर फर्किने बित्तिकै उनलाई पार्टी सभापति घोषणा गर्ने रास्वापाले जनाएको छ।
दिउँसो ३ बजेपछि रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैछ। बैठकले लामिछानेलाई सभापतिको रूपमा घोषणा गर्नेछ।
प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार