दाङ,माघ ११ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका माधवप्रसाद आचार्यको मनोनयन दर्ता भएको छ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगी रोल्पा निवासी आचार्यले मनोनयन दर्ता गरेका हुन्।
उनको प्रतावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी रहेका छन्।
यसअघि नेकपा एमालेका केन्द्रीय सदस्य कुमार दसौदीले मनोयनय दर्ता गरिसकेका छन्।
माघ २५ मा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि मतदान हुने छ। एमालेबाट निर्वाचित खिमलाल भट्टराइले राजीनामा दिएपछि पद रिक्त थियो।
प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार