२०७७ कार्तिक ९ गते आइतवार

दाङमा एक र सल्यानमा ३ जना विप्लवका कार्यकर्ता पक्राउ

दाङ, चैत ४ । दाङमा एकजना विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । रोल्पाको सुनछाहारी गाउँपालिका निवासी १९ बर्षीय ¥याम पुन मगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले शनिवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँबाट पुनलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार पुन जानसाँस्कृतिक परिवारसंग आवद्ध रहेको भन्ने खुल्न आएको छ । प्रहरीले पक्राउ गरेका पुन विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तरगत मुद्दा चलाइएको जानकारी दिएको छ । पुनलाई आइतवार दश दिने म्याद थप गरि अनुसान्धान गर्न आदेश प्राप्त भएको प्रहरीले बताएको छ ।

त्यस्तै सल्यानमा थप तीन जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख एवं डिएसपी विरेन्द्रबहादुर शाहीले नेकपाका जिल्ला सदस्य मदन केसी (बैज्ञानिक)लाई नेपाल वन्दको दिन फागुन २३ गते, अखिल क्रान्तिकारीका जिल्ला सचिव गाणेश आर्सीलाई २५ गते र युवा संगठनका जिल्ला सदस्य खुमलाल वलीलाई पक्राउ गरिएको डिएसपी शाहीले जानकारी दिए । उनीहरुलाई सार्वजनिक कसुर विरुद्धको मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *