२०८२ माघ २३ गते शुक्रवार

चलचित्र पत्रकार सघं दाङको पाँचौ अधिवेशन

तुलसीपुर,माघ ९ । चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाको पाँचौ जिल्ला अधिवेशन तुलसीपुरमा भएको छ ।

सोमबार तुलसीपुरमा आयोजित सघंको पाचौं जिल्ला अधिबेशन कार्यक्रमको उद्धघाटन तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले चलचित्रको क्षेत्रमा राज्यले उपयुक्त खालको लगानी गर्न नसक्दा यसबाट राज्य नै उल्टो घाटामा रहेको तर्क गरे ।

राष्ट्र निमार्ण र राष्ट्रको पहिचानको रुपमा रहेका कलाकर्मीहरुको श्रमलाई संस्थागत गर्न नसक्दा मुलुक ठुलो संकटमा रहेको महसुस गरेको खड्काले बताए ।

उनले कोरोना महामारीपछि चलचित्र क्षेत्र अझै पनि संकट उन्मुख हुन सकेको बताए । ‘कोरोना महामारीपछि चलचित्रको पर्दाहरुबाट बाहेक ठुला हलहरुबाट सिनेमा सुन्न हेर्न पाइराखेको अवस्था छैनौ,खड्काले भने,‘जसले गर्दा अहिलेसम्म पनि यो क्षेत्र संकट उन्मुख हुन सकिरहेको छैन ।’

चलचित्रकर्मीहरुकै कारण राष्ट्रको पहिचान झल्किएको बताउँदै उनले मुलुकलाई चलायमान बनाउन चलचित्रकर्मीको भुमिका अतुलनीय रहेको पनि बताए ।

नेपालको अर्थतन्त्रमा अत्यन्तै महत्वपुर्ण भुमिका राख्ने चलचित्र क्षेत्र जसले हाम्रो मनोरञ्जन र चाहानाहरुलाई बन्धन बनाइरहेको अनुभुति हुने गरेको धारणा राखे ।

चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित नायक रमित ढुङ्गगाना,चलचित्र पत्रकार सघंका पुर्व अध्यक्ष शान्ती प्रियले चलचित्र क्षेत्रको बिकासका लागि दाङ शाखाको भुमिका अतुलनीय रहेको भन्दै शाखाको प्रसंसा गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिब सुलोचना गौतम,चलचित्र पत्रकार सघका केन्द्रिय उपाध्यक्ष कुबेर डगोंल,नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदिप गौतम,नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसी,रासस दाङ प्रमुख नारायणी रजौरे, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, चलचित्र पत्रकार सघं दाङका पुर्व अध्यक्ष धुर्वराज न्यौपाने,प्रेस चौतारी दाङका उपाध्यक्ष प्रेम राम्जा,तुलसीपुर उद्योग वाणिज्य सघंका पुर्व अध्यक्ष बिमल रिजाल,अधिकारकर्मी सुस्मा गिरि,समाजसेबी बिरबहादुर भण्डारी (मोहन) लगाएतले चलचित्र आम सन्चारको महत्वपुर्ण बिधा रहेको बताउँदै यसका गतिविधलाई चुस्त दुरुस्त रुपमा अगाडी बढाउदैं दाङका पर्यटकीय स्थलहरुलाई चलचित्रसग जोडेर लैजानुपर्नेमा जोड दिए ।

शाखाका उपाध्यक्ष सन्तोष केसिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब पुर्ण केसिले गरेका थिए ।

यसैबिच सघंले पाँचौ जिल्ला अधिवेशनका अवसरमा सघंका संस्थापक उपाध्यक्ष एवं अक्ष्यकोषदाता चेतन रेग्मी,अर्का अक्ष्यकोषदाता सन्तोष केसी सम्मान गरेको छ ।

त्यस्तै सघंले जिल्लामा रहेर पत्रकारिताको क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै ५ जना पत्रकारहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा सुलोचना गौतम,सुदिप गौतम,लक्ष्मी आचार्य,बालाराम खड्का र दसरथ घिमिरे रहेका छन ।

साथै सघंले आजै नयाँ नेतृत्व चयन गर्दै छ ।

 

प्रकाशित मिति : २०७९ माघ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *