२०८३ भाद्र १२ गते शुक्रवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

दाङ ,माघ ५ लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको पाएका छन्। आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन्।

नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम(४) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन्।

८ राजनीतिक दल र दुई स्वतन्त्र सांसद गरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन्।

मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाववादी १ र २ स्वतन्त्र सांसदसहित ५७ जनाले पक्षमा मतदान गरेका छन्।

नेकपा माओवादी स‌ंसदीय दलका नेता जोखबहादुर महरा आमाको निधन भएपछि उपस्थित भएनन्। सभामुख मतदानमा सहभागी भएनन्। जसले गर्दा विश्वासको मत ५७ विपक्षमा २८ मत खस्यो।

सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य भगवती अधिकारीले विश्वासको मत भने मुख्यमन्त्री लिला गिरीलाई दिएकी छन्।

छलफल र समझदारीका आधारमा उनले विश्वासको मत दिएकी हुन्।

मुख्यमन्त्री गिरीको विपक्षमा नेपाली कांग्रेसको २७ र राष्ट्रिय जनमोर्चाको एक गरी विपक्षमा २८ जनाले मतदान गरेका छन्।

 

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *