२०८२ जेष्ठ ४ गते शुक्रवार

दाङ २ बाट निर्वाचिन रेशा शर्मा खड्का संचारमन्त्री बन्दै

दाङ, माघ ३ । दाङबाट निर्वाचित रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने भएकी छन् । मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी दाङको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएकी थिइन । उनी नेकपा माओबादी केन्द्रकी स्थायी कमिटी सदस्यपनि हुन ।

शर्माले नेकपा एमाले महासचिव शंकर पोखरेललाई १९४ मतान्तरले पराजित गरेकी थिइन । यसअघि शर्मालाई माओबादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति बन्न गरेको प्रस्ताब लत्याएकी थिइन । रेखासंग पराजित शंकर पनि पूर्व संचार मन्त्री नै हुन ।

शर्मा आजै मन्त्री बनेर सपथ लिने तयारीमा छिन । प्रधानमन्त्री प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दै छन् । दिउँसो १ बजे सपथ लिने कार्यक्रम छ। आज नेकपा एमालेका ४, माओवादी केन्द्रका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३, राष्ट्रिय स्वतन्त्र पार्टीका २ जना मन्त्री बन्दै छन् ।

एमालेबाट परराष्ट्र मन्त्रीमा राष्ट्रिय सभा सदस्य विमला पौडेल राई र प्रतिनिधि सभा सदस्य पदम गिरी स्वास्थ्य मन्त्री बन्न लागेका छन । अन्य दुईको मन्त्रालय बारे छलफल जारी छ । माओवादीकी रेखाा सञ्चार तथा सूचना प्रविधि मन्त्री, अमनलाल मोदी सामान्य प्रशासन मन्त्री, सुदन किराती नागरिक उड्डयन तथा पर्यटन मन्त्री बन्दै छन् ।

राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री , धुर्वबहादुर प्रधान सहरी विकास मन्त्री बन्दै छन् । अर्का एक मन्त्रीको टुंगो लाग्न बाँकी रहेको उक्त पार्टीका एक नेताले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा काठमाडौं ६ बाट निर्वाचन जितेका शिशिर खनाललाई पठाउने भएको छ। खनाल टिच फर नेपालुका संस्थापक हुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल बन्ने भएका छन् । धादिङ घर भएका उनी समानुपातिक तर्फबाट सांसद भएका थिए।

पुस ११ गते प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदा उपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री, विष्णु पौडेल अर्थ मन्त्री र रवि लामिछाने गृह मन्त्री भएका थिए। उक्त दिन ज्वालाकुमारी साह, दामोदर भण्डारी राजेन्द्रकुमार राई र अब्दुल खान मन्त्री बनेका थिए।

प्रचण्डले आज तेस्रो पटक मन्त्रीमण्डल बिस्तार गर्न लागेका हुन । त्यसअघि आइबार प्रचण्ड र ओली बीच भेटवार्टा भएको थियो ।

 

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *