२०८२ माघ २६ गते सोमवार

२४ घण्टामा थपिए ९ जना कोरोना संक्रमित

काठमाडौँ ,पुस २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ।

शुक्रबार चार जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ६४३ पीसीआर तथा ७३४ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : २०७९ पुष २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *