२०८३ असोज २८ गते बुधवार

पर्यटन प्रवद्र्धनका लागि तुलसीपुरमा रैथाने खाना कार्यक्रम हुने

तुलसीपुर,पुस २८ । तुलसीपुर होटल व्यवसायी समितिले नेपाली रैथाने खाना कार्यक्रको आयोजना गर्ने भएको छ ।

दाङ जिल्लाको पर्यटन प्रवद्र्धनका लागि माघी मिलन तथा नेपाली रैथाने कार्यक्रम गर्ने भएको हो । समितिले बिहिवार तुलसीपुरमा पत्रकार समेलन गरि सो जानकारी दिएको हो ।

यहि पुस ३० गते तुलसीपुरको समिक्षालयमा जिल्लाको रैथाने खानालाई वजारीकरण गर्ने उद्धेश्यले कार्यक्रमको अयोजना गर्न लागिएको समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

दाङ र पहाडि भेगको खानलाई समेटने गरि माघीमा ढीग्री, खिचडी भटमास र सिन्कीको झोल, खसिको खुट्टाको झोल, कुखुरा साधेको, आलुभाङको अचार मोही लगायतका परिकारहरु कार्यक्रममा अथितिहरुलाई खुवाउने कार्यक्रम रहेको समितिका महासचिव तुफान केसीले जानकारी दिएका छन् ।

कार्यक्रममा प्रमुख अथिथि होटेल व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा तुलसीपुर होटल व्यवसायी समितिका सल्लाहकार नेत्रलाल वलीले यस्ता कार्यक्रममाले लोप हुुदै माएको नेपाली रैथाने खानाको प्रचार प्रसारसंगै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले तुलसीपुरमा हाल १४ सय बढी होटल व्यवसायीहरु भएपनि साढे ३ सय जतिमात्र दर्ता प्रकृयामा आएको भन्दै उनीहरुलाई व्यवस्थीत र दर्ता प्रकृयामा ल्याउन समेत मितिले पहल गर्नु पर्ने बताए ।

उनले राज्यले होटल व्यवसायीहरुलाई हेर्ने दृष्टि कोण फरक भएको भन्दै होटल व्यवसायीहरु पनि आर्थिक विकासका मेरुदण्ड हुन भन्ने मान्यताका साथ हेर्नुु पर्ने तर्क गरे ।

साथै उनले तुलसीपुरलाई असुरक्षाको दृष्टिले हेर्ने गरेका कारण यहाँको होटल व्यवसाय फष्टाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

यहि पुस ३० गते हुन लागेको कार्यक्रममा तुलसीपुर क्षेत्रका ८ सय बढी होटल व्यवसायीहरु,विभिन्न क्षेत्रका अन्य व्यवसायीहरु, राजनितिज्ञ, पत्रकार तथा सरोकारवालाहरुको सहभागिता रहने छ ।

उक्त कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा हुने समितिले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *