घोराही, २ चैत ।
दाङका दशवटै स्थानीय तहमा बालबालिकाको पोषण स्वास्थ्य सुुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने स्वास्थ्यकर्मीले प्रतिवद्धता जनाएका छन् । सुआहाराको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको स्वास्थ्य तथा पोषण कार्यशाला गोष्ठीमा जिल्लाका दशवटै स्थानीय तहका स्वास्थ्य शाखा संयोजक तथा सहसंयोजकले यस्तो प्रतिवद्धता जनाएका हुुन् ।
जिल्ला समन्वय समितिका प्रमुुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा उनीहरुले आजका बालबालिकालाई सुुपोषित बनाउन सकेमात्रै भोलिको सुन्दर भविष्य सुरक्षित गर्न सकिने बताए । कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले कुुपोषित बालबालिकालाई सुुपोषित बनाउन ओटीसी सेन्टर सञ्चालनमा आएको बताए ।
उनले सुुआहाराको सहयोगमा कुुपोषित बालबालिकालाई सुपोषित बनाउन कार्यक्रम सञ्चालन गरिएको भन्दै आगामी दिनमा थप प्रभावकारी बनाउँदै लैजाने बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका पोषण स्वास्थ्य फोकल पर्सन कुुन्दन ठाकुुरले दाङमा चार प्रतिशत बालबालिका कुुपोषित रहेको जानकारी दिए । उनले सुआहारासँग सहकार्यमा कुुपोषित बालबालिकालाई सुपोषित बनाउने अभियान सफल बनाउन स्थानीय सरकारका स्वास्थ्य शाखाले महत्वपूर्ण भुुमिका खेल्ने बताए ।
कार्यक्रममा सुआहाराका मातृशिशुु अधिकृत आन्नद कर्णले स्थानीय सरकारको सहयोगले नै बालबालिकालाई सुपोषित बनाउन सकिने अभियान सफल हुुने बताए । उनले गोष्ठीमार्फत सुुआहाराले गरेका काम, प्रगति र आगामी कार्ययोजना बनाईने बताए ।
यस्तै कार्यक्रममा घोराही उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत विकेश रेग्मीले स्वास्थ्य पोषण कार्यक्रमलाई सफल बनाउन आवश्यक अवधारणा कार्यपत्र प्रस्तुुत गरेका थिए । कार्यक्रममा दशवटै स्थानीय तहका स्वास्थ्य शाखाका संयोजक, सहसंयोजक, जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको छ ।