२०७७ मङ्सिर ११ गते बिहिवार

राप्ती बबई क्याम्पसमा पदभार ग्रहण


तुलसीपुर, १ चैत ।
राप्ती बबई क्याम्पस सञ्चालक समितिको पदभार ग्रहण भएको छ । क्याम्पस सञ्चालक समितिको बुधवार भएको निर्वाचनका निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई पदभार तथा सपथ ग्रहण गराइएको हो ।

निर्वाचन समितिका संयोजक महेशप्रसाद आचार्यको अध्यक्षतामा तथा पूर्व सांसद बुद्धिराम भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सफथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष विष्णुकुमार देवकोटाले क्याम्पसलाई आंगीक क्याम्पस बनाउने अभियानमा लाग्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरुले बौद्धिक ब्यक्तित्व तथा शैक्षिक क्षेत्रमा अनुभवी ब्यक्तिको नेतृत्वका क्याम्पस पुगेको भन्दै क्याम्पसमा सकारात्मक रुपमा फेरिने बताएका थिए । कार्यक्रममा काँग्रेस नेता सुरेन्द्र खड्का, नेकपामा नेता खुशीराम चौधरी, काँग्रेस क्षेत्रीय सभापति जगत खडका, वडा अध्यक्ष सूर्यबहादुर डाँगी, क्याम्पस प्रमुख लक्ष्मण कुमार रेग्मी, लेवेन्द्र धिताल, अनिल कार्कीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य तथा सहायक क्यामपस प्रमुख सूर्यप्रकाश शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *