दाङ,पुस २२ । दाङमा लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुरका १९ वर्षिय बिक्रम भण्डारी, गढवा–६ का २८ वर्षिय मनोजकुमार यादव र २१ वर्षका विशाल परियारलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीन जनामध्ये भण्डारीलाई घोराही–१८ फुटबल ग्राउण्ड नजिकबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो भने यादव र परियारलाई लमही–४ अर्नवाबाट पक्राउ गरेको हो ।
प्रहरीले भण्डारीको साथबाट प्लाष्टीकसहित १ दशमलव ०१ ग्राम ब्राउनसुगर बरामद गरेको छ भने यादव र परियारको साथबाट ५ दशमलव ३२ ग्राम लागुऔषध ब्राउन सुगर बरामत गरेको छ ।
पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रकाशित मिति : २०७९ पुष २२ गते शुक्रवार