२०८१ बैशाख १० गते सोमवार

नेपालगंजमा दादुराबाट एक शिशुको मृत्यु

दाङ, पुस २१ । बाँकेको नेपालगंजमा दादुराका कारण एक शिशुको मृत्यु भएको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नं. ५ का ३१ महिने एक शिशुको उपचारका लागि अस्पताल लैजाने क्रममा बुधबार बाटो मै मृत्यु भएको हो ।

नेपालगंग उमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार ती शिशुमा दादुराको लक्षणहरु हप्ता दिन अगाडिबाट देखिएका थिए ।

ज्वरो आउने र शरिरका बिभिन्न भागमा राता साना बिबिराहरु हप्ता दिन अगाडिदेखि नै आएको हुँदा अवस्था बिग्रन थालेपछि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको चन्दले जानकारी दिए ।

नेपालगंज–५मा बुधबार मात्रै थप आठ जना बालबालिकाहरुमा दादुराको लक्षण भएका बिरामी फेला परेका छन् ।

उनीहरुमा उच्च ज्वरोसहित शरिरका बिभिन्न भागमा बिबिराहरु देखा परेको चन्दले बताए । केही दिन पहिले मात्रै सोही वडाका एकै घरका चार जना बालबालिकामा यसअघि नै दादुरा पुष्टि भएको थियो ।

स्याम्पल परीक्षणका लागि काठमाडौं पठाइएको र रिपोर्ट पोजिटिभ आएको महाशाखा प्रमुख चन्दले जानकारी दिए ।

नेपालगंज वडा नं. ५, ७ र ८ मा बुधबारसम्म २५ जनामा दादुराको जस्तै लक्षण भएका बिरामी फेला परेको हुँदा उनीहरुलाई अलग्गै राखेर उपचार भइ रहेको उनले बताए ।

मृतक शिशुदेखि बिरामी रहेका अन्य कसैले पनि दादुरा बिरुद्धको खोप नलगाएको कुरा सोधपुछका क्रममा खुलेको चन्दले जानकारी दिए ।

मुस्लिम समुदायका मानिसहरुले परिवार नियोजनका साधनहरु समेत प्रयोग गर्न नमान्ने र बालबालिकालाई खोपपनि लगाउने नमान्ने हुँदा समस्या निम्तिएको उनले बताए ।

समुदायका ९० प्रतिसत मानिसले आफ्ना बालबालिकालाई दादुरा बिरुद्धको खोप नलगाएको पाइएको छ ।

समुदायस्तरमा दादुरा फैलिएपछि दादुरा देखिएका बालबालिकालाई अलगै राखेर उपचार गर्ने, आसपासका त्यस्ता बालबालिकाको स्वास्थ्य चेकजाँच गर्ने, तत्कालै स्वास्थ्य महाशाखा मार्फत उपचार गर्ने, तीब्र सरुवा रोग भएका कारण जनचेतना फैलाउने काम सुरु गरिएको चन्दले बताए ।

त्यसका लागि उपमहानगरको स्वास्थ्य महाशाखाको टोलीसहित महिला स्वएंमसेबिका टोली बस्तिमा खटिदै आएको चन्दले जानकारी दिए ।

विश्वस्वास्थ्य संगगठनका अनुसार एकै टोलमा चार जना बढीमा दादुरा पुष्टि भएमा त्यहाँ महामारी भन्न मिल्ने अवस्था रहन्छ ।

प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *