२०८१ बैशाख १० गते सोमवार

लुम्बिनी प्रदेशसभा माघ ३ गते बस्ने

दाङ, पुस १८ । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ। पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि अध्यक्षता ग्रहण गरेका जेष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति सोमबार तोकेका हुन ।

यो बीचमा सभामुख र उपसभामुख चयनको बाटो खुलेको छ । पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी प्राबधान छ।
त्यसका लागि राजनीतिक दलहरु बीचमा छलफलहरु सुरु भएका छन् । आगामी बैठकले सभामुख चयन गर्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले आशा ब्यक्त गरे ।

सोमबार कै प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको थियो । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस भनेर प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको थियो ।

अब सोही नियमावलीको आधारमा प्रदेश सभाका गतिविधि संचालन हुने छन् । यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । उक्त नियमावलीमा ५० प्रतिशत बढी संशोधन गर्नुपर्ने अवस्था रहेको हुँदा नयाँ नियमावली बनाउनु परेको प्रदेश सभा सचिव मगरले बताए ।

त्यस्तै नयाँ सरकार गठनका लागि पनि दलहरुका बीचमा आन्तरिक गृहकार्य सुरु भएको छन । लुम्बिनीमा कस्को नेतृत्वमा सरकार बन्ने भन्ने अझैं एकीन भइ सकेको छैन ।
सत्ता गठबन्धन मध्यबाटै नेकपा एमाले र नेकपा माओबादी केन्द्र नयाँ सरकार गठनका लागि बढी सक्रिय देखिएका छन् । प्रमुख प्रतिपक्षी मानिएको नेपाली काँग्रेसपनि आफ्नो पक्षमा माहोल बनाउने कसरत गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *