२०८१ फाल्गुन ६ गते मङ्गलवार

लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेसन

दाङ,पुस १८ । लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेसन बसेकाे छ। दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेसन बसेकाे हाे।

सोमबार दुईवटा बैठक बस्ने छ। पहिलो बैठकमा प्रदेशसभाको अधिवेसन आह्वान सम्बन्धी पत्र जेष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाएका छन्।

प्रदेश प्रमुख अमिक शेचरनले प्रदेशसभा बैठकलाई सम्बाेधन गरेका छन्। उनले प्रदेश सरकारले पाँच वर्षकाे अवधिमा गरेका कामहरूकाे बारेमा नयाँ संसदलाई जानकारी दिएका छन्।

पहिलो बैठक सकिएकाे छ। अब साढे २ बजे दाेस्राे बैठक बस्ने छ।

दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्ताव गर्ने छन्। यस्तै, दलको तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश सभाको अधिवेसन आह्वान गरेका थिए।

यो अधिवेसनपछी सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ। पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ।

संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ।

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *