दाङ, पुस १३ । लुम्बिनीमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ।
प्रदेश सरकारले आयोजना गर्ने उक्त सम्मेलन स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार जानकारी दिएको हो ।
यसअघि पुस १५ गते दाङमा सात वटा प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने योजना सार्वजनिक गरिएको थियो। जस्को उदेश्य पाँच वर्षे कार्यकालको समिक्षा तथा अनुभव आदान–प्रदान गर्ने भन्ने थियो ।
यही बीचमा राजनीतिक उतार चढावले अन्य विभिन्न प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु भएकाले यसपालिको सम्मेलन स्थगित भएको हो ।
मंसिर २८ गते एक बिशेष समारोहका बीच प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका ३ मसुरियामा उद्घाटन गरिएको थियो ।
प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार