दाङ, फागुन २८ । दाङबाट केहीदिन अगाडि पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तीन जना नेता उच्च अदालत तुलसीपुरको आदेश पछि रिहा भएका छन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलवार दिउँसो पौने ३ बजेतिर तीन जना नेताालई तुलसीपुर वाट पक्राउ गरेकोमा सोमवार उच्च अदालते उनीहरुलाई छोड्न आदेश दिएको हो । नेकपा दाङका जिल्ला सचिवालय सदस्यद्धय प्रदिप वली र ईश्वरी पाण्डे र तुलसीपुर उपमहानगरपालिकाका सक्रेटरी रुद्र वलीलाई प्रहरीले तुलसीपुरको एक पार्टी प्यालेसमा शहिद परिवारलाई अभिनन्दन गर्ने कार्यक्रमवाट पक्राउ गरेको थियो ।
पक्राउ पछि प्रहरीले उनीहरुका विरुद्ध सार्वजनिक मुद्दा दायर गरेको थियो । त्यसविरुद्ध गैरकानुनी थुनामा राखेको भन्दै प्रदिप वलीको परिवारको तर्फवाट उच्च अदालतमा मुद्दा दायर भएपछि उच्च अदालतले आइतवार पक्राउ गर्नुको कारण वारे वन्दीसहित अदालतमा पेश गर्न भनेको थियो । दुई दिन सम्मको बहस पछि अदालतले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो ।