२०८१ जेष्ठ ११ गते शुक्रवार

भागबण्डा गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं ,पुस ६। सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बुधबार बस्न लागेको हो ।

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएलगत्तै गठबन्धनको बैठक बस्ने तयारी गरिएको हो । बुधबार बस्ने भनिए पनि समय तोकिएको छैन ।

 

कांग्रेससहित अन्य गठबन्धन दलले पनि संसदीय दलको नेता चयन गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस साँझ ५ बजेसम्म प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदको दाबी गर्न समय दिएकी छन् ।

प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखललगायत शक्ति बाँडफाँट गर्ने विषयमा गठबन्धन बैठक केन्द्रित रहने जनाइएको छ ।

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *