२०८२ असार ७ गते आइतवार

कांग्रेस संसदीय दलको चुनाव बुधबार बिहान हुने

काठमाडाैँ ,पुस ४ । नेपाली कांग्रेसकाे संसदीय दलकाे निर्वाचन बुधबार हुने भएकाे छ।

यही मंसिर ४ गतेकाे निर्वाचनमार्फत् निर्वाचित सांसदहरूले संसदीय दलकाे नेता चयन गर्नका लागि पर्सि बिहानकाे समय निर्धारण गरिएकाे निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले बताए।

उनले देश भने,’पार्टीभित्र छलफल भइरहेकाे छ। संभवत पर्सि बिहान नै हुने कुरा छ।’

राष्ट्रपति भण्डारीले यही पुस दश गतेभित्र प्रधानमन्त्रीका लागि प्रस्ताव पेस गर्न आह्वान गरेसँगै कांग्रेस संसदीय दलकाे नेता चयनमा तीव्र रूपमा लागेकाे हाे।

निर्वाचनमार्फत् पहिलाे भएकाे दल कांग्रेसमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै संसदीय दलकाे नेता बनाउने या इतर पक्षबाट बनाउने भन्ने छलफल भइरहेकाे छ।

 

 

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *