२०८१ बैशाख ७ गते शुक्रवार

शान्ता चौधरी बेहोस,अस्पताल भर्ना

बेहोस हुनु भन्दा पहिला सम्वोधन गर्दै शान्ता चौधरी तस्विर – फरककोण ।

दाङ, फागुन २८ । संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएपछि अस्पतालमा भर्ना भएकी छन् । मंगलवार विहान तुलसीपुरमा सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समय पछि उनी बेहोस भएकी हुन ।
हाल उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए । ‘ अझैं रिपोर्ट आएको छैन,तर अहिले उहाँ बोल्न थाल्नु भएको छ,’ स्वकिय सचिव दहिले भने । सरकारी वकिलकै कार्यालयमा बेहोस भए लगतै चौधरीलाई तत्कालै नजिकैको राप्ती प्रादेशिक अस्पतलमा पु¥याइएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *