२०८२ माघ २७ गते मङ्गलवार

तुलसीपुर महोत्सवमा दर्शकको घुइँचो,शनिवार मात्र २२ हजार बढी गरे अवलोकन

   तुलसीपुर,पुस २ । दाङको तुलसीपुरमा जारी लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवमा दर्शकको संख्या प्रत्येक दिन बढ्दो क्रममा छ ।

गत २५ गतेदेखि सञ्चालित महोत्सवको सातौ दिन शनिवार पनि दर्शकको उल्लेख्य सहभागिता रह्यो । आयोजक युथ्स अफ क्लव तुलसीपुरका अध्यक्ष अरुण लहरेले  शनिवार मात्र करिब २२ हजार बढी दर्शकहरुले महोत्सव अवलोकन गरेको जानकारी दिए ।

शनिवार चर्तित लोकदोहोरी गायक प्रकाश सपुत, गायीका प्रिती आले, गायक प्रेमविवश घर्ती, सगरमाथा डान्स गुप्र लगाएत राष्ट्रिय तथा स्थानियस्तरका कालाकारहरुले आ–आफ्नो प्रस्तुति राखेका थिए ।

महोत्सवका सास्कृतिक सहसंयोजक प्रेम विवश घर्तीका अनुसार आइतवार पनि चर्चित कलाकारहरुको प्रस्तुती रहने छ ।

आइतवार गायक हेमन्त शर्मा, गायीका ऋतु कँडेल, सन्तोष बस्याल, गायक प्रेमविवश घर्ती, सगरमाथा डान्स ग्रुप लगाएत राष्ट्रिय तथा स्थानीयस्तरका कालाकारहरुको बेजोड प्रस्तुती रहने उनले बताए ।   ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ ।

महोत्सव आगामी पुष ६ गते सम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए ।

तस्बिर : झग्गु भण्डारी ।

प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *