२०८२ माघ २८ गते बुधवार

समानुपातिक दाङबाट ४ जना सांसद चयन

दाङ, मंसिर २४ । आम निर्वाचन अन्तरगत आज राजनीतिक दलहरुले समानुपातिक सांसदहरुको नाम टुंगो लगाएका छन् ।

प्रतिनिधिसभा तर्फ थ्रेस होल्ड कटाएका सात राजनीतिक दलहरुले आज समानुपातिकबाट सांसद बन्नेहरुको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएका हुन ।

दाङबाट प्रतिनिधिसभामा ३ जना मात्र सांसद चयन भएका छन् । नेकपा एमालेले २ जना र माओवादी केन्द्रले १ जनालाई दाङबाट सांसदमा चयन गरेको हो ।

जसअनुसार एमालेबाट मेनका पोख्रेल र आष्माकुमारी चौधरी चयन भएका छन।

पोख्रेल घोराही उपमहानगरपालिका १७ र चौधरी घोराही ६ की हुन । उनीहरु पञ्च्यातका विरुद्धमा आन्दोलनमा होमिएका थिए ।

माओवादी केन्द्रले नारायणी शर्मा (प्रतिक्षा)लाई चयन गरेको छ । शर्माको घर घोराही १७ मा पर्छ। जनयुद्धमा छापामार महिला हुन।

यस्तै काँग्रेसबाट ईश्वरी न्यौपाने चयन भएकि छिन । उनको घर घोराही १२ मा हो । तर अहिले कैलालीबाट राजनीति गर्छिन ।

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *