२०८१ जेष्ठ १३ गते आइतवार

एमालेले गर्‍यो गंगा चौधरीलाई कारवाही

दाङ,मंसिर २४ । नेकपा (एमाले)ले पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीलाई कारवाही गरेको छ ।

एमालेका उम्मेदवार शान्ता चौधरीलाई टिकेट दिएपछि विद्रोह गर्दै अर्को पार्टीबाट उम्मेदवारी दिएकी थिइन् ।

त्यस्तै घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीविरोधी गतिविधि गरेको भन्दै एमालेले कारबाही गरेको हो।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भुसाल र साहलाई कारबाही गरेको हो।एमालेले निर्वाचनविरोधी गतिविधिमा लागेका अन्य तहका नेताहरूलाई पनि कारबाही गर्ने तयारी गरिरहेको बताइएको छ।

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *