२०८२ कार्तिक २९ गते शनिवार

विष्णु पौडेल निर्वाचित क्षेत्र रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

काठमाण्डौ ,मंसिर २१ । रुपन्देहीको क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा मुद्दा दायर गरेका छन ।

उनी यो क्षेत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग पराजित भएका थिए । रुपन्देही २ मा निर्वाचन अधिकृतको कार्यालयले अनियमित रुपमा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरेको भन्दै गणेशले मतपरिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गर्दै मुद्दा दायर गरेका सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

गएको ४ गते भएको चुनावमा धाँधली गरी विष्णु पौडेललाई जिताइएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको आरोप छ ।

रुपन्देही क्षेत्र नं. २ मा एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १ सय ४८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उउनका निकटतम प्रतिस्पर्धी गणेश पौडेलले २५ हजार ७ सय ८२ मत पाएका थिए ।

चुनावसम्बन्धी विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासले निरुपण गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *