२०८१ बैशाख ६ गते बिहिवार

कमल थापाले भोलि तुलसीपुरमा सम्वोधन गर्ने

दाङ, फागुन २६ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सोमवार तुलसीपुरमा सम्वोधन गर्ने भएका छन् । राप्रपाका तुलसीपुर नगर समिति अध्यक्ष लालबहादुर केसीले त्यस्तो जानकारी दिएका हुन । राष्ट्रिय स्वाभिमान यात्राका क्रममा देश दौडाहामा निस्किएका पुर्व उपप्रधान मन्त्री समेत रहेका पश्चिम क्षेत्रको अभियान बाट फर्किने क्रममा तुलसीपुरमा सम्वोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष केसीले बताए ।

स्वाभिमान यात्रा हिन्दुराष्ट्र स्थापना, संवैधानिक राजतन्त्र स्थापना, राष्ट्रिय अखण्डता र भष्ट्राचार नियन्त्रण लगाएका माग गर्दै सरकारलाई दबाब दिने उदेश्यले गरिएको उक्त पार्टीले जानकारी दिएको छ ।

ताप्लेजुङबाट शुरु भएको राष्ट्रिय स्वाभिमान यात्रा सुदुरपश्चिमको भ्रमण सकेर फर्केने क्रममा छ । उस्ले फागुन मसान्त सम्मपनि आफ्ना माग सम्बोधन नभए चैत्रदेखि देशव्यापी संघर्ष गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *