लक्ष्मण बस्नेत ,दाङ,मंसिर १२ । दाङ तुलसीपुर स्थित दमारगाउँमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मिनबहादुर केसीको स्मृति कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ ।
टाईगर युवा क्लब तुलसीपुर– ३ दमारगाउँको आयोजनामा संचालन हुने प्रतियोगिता यहि मंसिर १४ गते बुधबार देखि सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टाईगर युवा क्लब तुलसीपुर ३ दमारगाउ र युवा संजाल भिड्नेछन ।
फुटबल खेलको बिकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ लगाएत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहने छ । आयोजक टाईगर युवा क्लबका अध्यक्ष दिनेश गुरुङका अनुसार एक साता सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद १ लाख ३० हजार रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता टिमले नगद ६५ हजार रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष गुरुङले बताए ।
त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिने छ ।
यसैबीच प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको प्रतियोगिता संचालन समितिका संयोजक सुरबिर गुरुङले जानकारी दिएको छ ।
