२०८२ मङ्सिर २२ गते सोमवार

गृहमन्त्री खाँणले राजीनामा दिने


काठमाडौं, मंसिर ११। गृहमन्त्री बालकृष्ण खाँणले राजीनामा दिने भएका छन् ।

हालै भएको निर्वाचनमा पराजय व्यहोरेपछि उनी राजीनामा दिने मुडमा पुगेका हुन् ।

मतपरिणाम आएसँगै उनले हिजै राजीनामा दिने तयारी गरेका थिए ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिनबाट रोकेका थिए ।

उनी राप्रपाका दीपक बोहोरासँग पराजित भएका हुन् ।

प्रधानमन्त्री देउवाले भने शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेको भन्दै बधाईसमेत दिएका थिए ।

खाँणनिकट स्रोतले जनाएअनुसार उनले आजै राजीनामा दिने सम्भावना छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *