२०८० चैत्र १६ गते शुक्रवार

अब्बल बन्दै राप्ती बबई क्याम्पस

तुलसीपुर,मंसिर १० । दाङको तुलसीपुर स्थित राप्ती बबई क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) मूल्यांकनको प्रमाणपत्र प्राप्त गरेको छ ।

गएको कार्तिक ३० गते क्याम्पसले क्यूएएको प्रमाणपत्र प्राप्त गरेको शनिवार क्याम्पसले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । देशभरका १४४० क्याम्पसमध्ये यो वर्ष ८२ वटा क्याम्पसले क्यूएए प्राप्त गरेका छन् ।

धेरै चरणहरू पार गरेर राप्ती बबई क्याम्पसले क्यूएए प्राप्त गर्न सफल भएको क्याम्पस सञ्चालन समितिका अध्यक्ष डा. विष्णुकुमार देवकोटाले बताए । क्युएए प्राप्तसंगै थप विषयहरुको पढाई सञ्चालन र भौतिक देखि अन्य विकासले पनि फट्को मार्ने उनले बताए ।

क्याम्पस लुम्विनी प्रदेशमै पाँचौ स्थानमा भएकोले क्युएए प्राप्त गर्नु सवैको लागि खुसीको कुरा हो,उनले भने ।’ क्याम्पसमा अध्ययन गरिसकेका विद्याथीहरुले पनि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा मान्नयता पाउनुका साथै क्यूएए प्राप्तसंगै अब एउटा आधार शिलामा क्याम्पसलाई ल्याएको उनले बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख युवराज रावतले क्यूएए प्राप्त एउटा ऐतिहासिक उपलब्धि रहेको बताए । ‘क्याम्पसका सबै शिक्षक, विद्यार्थी लगायत विभिन्न क्षेत्रको साथ सहयोग र मेहनतका कारण क्याम्पसले क्यूएए प्राप्त गर्न सफल भएको छ,रावतले भने ।’

क्यूएएको प्रमाणपत्र प्राप्त गर्नु मात्रै ठुलो कुरा नभएको बताउँदै क्याम्पस प्रमुख रावतले अब यो गुणस्तरियतालाई कसरी बचाउँने भन्ने अवसरका साथ चुनौति थपिएको बताए ।

उनका अनुसार भदौ २१ गतेदेखि २३ गते प्रा. देवराज अधिकारीसहितको तीन सदस्य टोलीले तीनदिनसम्म क्याम्पसको अनुगमन गरेको थियो ।

सवैका साथ सहयोग बाट राप्ती बबई क्याम्पसको विकास विस्तार भएको भन्दै सवैलाई धन्यवाद दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले राप्ती बबई क्याम्पसले क्यूएए प्राप्त गर्नु गर्वको कुरा भएको बताए ।

उनले सबै मुल्याङकनमा आधारहरु पुरा गरि गुणस्तर प्राप्त गरेसंगै यो दाङ तथा अन्य छिमेकी जिल्लाका लागि खुसीको कुरा भएको बताए । उक्त कार्यक्रमको सहजीकरण कोडिनेटर यमनाथ उपाध्यायले गरेका थिए ।

यसैविच राप्ती बबई क्याम्पसले मंसिर ११ गते नवनिर्वाचित प्रतिनिधिहरुलाई सम्मान तथा क्यूएएको विषयमा कार्यक्रम गर्ने र मंसिर १२ गते बार्षिक उत्सव मनाउने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *