तुलसीपुर,मंसिर ११ । राप्ती बबई क्याम्पस तुलसीपुरले क्युएए अवार्ड उत्सब मनाएको छ । आइतवार एक कार्यक्रमका बिच क्युएए अवार्ड उत्सब कार्यक्रमसगै क्याम्पसको ३२ औँ स्थापना दिबश पनि मनाएको छ ।
उक्त कार्यक्रमको उद्धघाटन गर्दै दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा क्याम्पसका संस्थापक अध्यक्ष दीपक गिरीले पश्चिम दाङको गौरबको रुपमा स्थापित राप्ती बबई क्याम्पसलाई निकट भविष्यमै आगिंक क्याम्पसका रुपमा बिकास गर्ने बताए ।
उनले भने,‘अथक प्रयासले हिजोको कहाली लाग्दो दिनमा स्थापना भएको यस क्याम्पसले आज क्युएए अवार्ड प्राप्त गर्न सफल भएको छ,यो निकै नै गर्व गर्न लायक छ ।’
पश्चिम दाङलाई शिक्षाको सेवा प्रदान गरिरहेको क्याम्पसमा प्रविधिको समयमा आइटी अत्यन्तै जरुरी रहेको बताउँदै गिरीले छिटो भन्दा छिटो पहल गरेर आइटी भित्रयाउने प्रतिबद्धता जनाए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. बिष्णुु कुमार देबकोटाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका पुर्ब मेयर घनस्याम पान्डे लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्याम्पस प्रमुख युबराज रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आनन्दा खत्रीले गरेकी थिइन ।
स्थापना दिवसको अवसरमा क्याम्पसले तुलसीपुर बजारमा प्रभातफेरी कार्यक्रम समेत गरेको थियो ।
उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्यमा निर्वाचित दीपक गिरी र प्रदेश सभा सदस्यद्धय डिल्लीबहादुर चौधरी र धनबहादुर मास्कीलाई स्वागत सम्मान गरिएको थियो ।
साथै क्याम्पसले ३२ औँ स्थापना दिबशका अवसरमा भोली पनि विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।
