२०८१ भाद्र २६ गते बुधवार

राजनीतिक चेतना र जागरणका रुपमा दिवस मनाउन मुख्यमन्त्रीको आग्रह

फाइल तस्बिर

दाङ, फागुन २४ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समतामुलक नेपाल निर्माणको महाअभियानमा जुट्न आग्रह गरेका छन् । १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देस दिदै मुख्यमन्त्री पोखरेलले दिवसलाई महिला सशक्तिकरण र आत्मसम्मानको उत्सव मात्रै नभएर राजनीतिक चेतना र जागरण विस्तारको अवसरका रुपमा समेत मनाउन आग्रह गरेका छन् ।

जहाँनिया राणा शासन, निरकुंश पञ्चायती व्यवस्था र शाही शासनको कठिन अवस्थामा नेपाली महिलाहरुले गरेको संघर्ष निकै अविस्मरणीय रहेको उनले स्मरण गरेका छन् । मुख्यमन्त्री पोखरेलले लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पु¥याउन महिला दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रमले भूमिका खेल्नुपर्ने भन्दै महिलाहरु सक्रियता पूर्वक अठोटका साथ अग्रसर हुनुपर्ने उल्लेख गरेका छन् ।

अझैपनि महिलाहरु बोक्सी, छाउपडी र दाईजो जस्ता कुरितीको शिकार भईरहेको हुँदा यस्ता कुरिती हटाउन सबैलाई हातेमालो गरेर अघि बढ्न उनले आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *