२०७७ कार्तिक १५ गते शनिवार

विहेभोज खानेक्रममा घाँटीमा मासु अड्किएर महिलाको मृत्यु

दाङ,फागुन २४ । दाङमा एकजना महिलाको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ पनौरा निवासी ५३ बर्षीया टिका भट्टराईको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी बेलबहादुर पाण्डेका अनुसार विहीवार दिउँसो पौने ४ बजेतिर गाउँकै अनन्त रेग्मीको छोराको विहेभोजमा मासुखाने क्रममा भट्टराईको घाँटीमा मासु अड्किएको थियो ।

लगतै भट्टराईलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारको क्रममा भट्टराईलको साढे ५ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *