२०८१ भाद्र २३ गते आइतवार

पक्राउ परेका विप्वलवका तीन नेतालाई उपस्थित गराउन उच्च अदालतको आदेश

दाङ,फागुन २४ । प्रहरीले पक्राउ गरेका विप्लव नेतृत्वको नेकपा दाङका तीन जना नेताहरुलाई आइतवार अदालतमा उपस्थित गराउन उच्च अदालत तुलसीपुरले आदेश दिएको छ । फागुन २१ गते तुलसीपुरको एक कार्यक्रम वाट प्रहरीद्धारा पक्राउ गरिएका नेकपा दाङका जिल्ला सचिवालय सदस्य प्रदिप वलीकी पत्नि रमिता वलीले गैरकानुनी थुना मुक्त गरि पाउँ भनी उच्च अदालत तुलसीपुरमा रिट दायर गरेकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सचिवालय सदस्यहरु प्रदिप वली, इश्वरी पाण्डे र रुद्र वलीलाई प्रहरीले एक पार्टी प्यालेसमा आयोजित कार्यक्रम बाट पक्राउ गरेको थियो । त्यस लगतै फागुन २२ गते रमिता वलीले आफ्ना पतिसहित तीन जनालाई गैरकानुनी रुपमा गिर्फ्तार गरिएको उच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन ।

उक्त रिट माथि विहीवार सुनुवाई गर्दै आइतबारसम्म पक्राउ गर्नुको आधार र कारण देखाउन लिखित जवाफसहित र बन्दीलाई उपस्थित गराउन अदालतले आदेश दिएको हो । उच्च अदालत तुलसीपुरका मुख्य न्यायदिश नहकुल सुबेदीको एकल इजलास, बरिष्ठ अधिवक्ताहरु बामदेव शर्मा, विष्णुमणी धिताल, रामशरण चौधरी र पुष्कर भण्डारीको बहसले फागुन २६ गते विहान १० बजे भित्र बन्दीहरुलाई उपस्थित गराउन आदेश दिएको हो ।

रमिताले दायर गरेको रिटमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरलाई विपक्षी बनाइएको छ । पक्राउ परेका तीनै जना विरुद्ध सार्वजनिक अपराध सम्वन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले बताएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *