२०८१ बैशाख १५ गते शनिवार

महिलालाई हरेक क्षेत्रमा समान पहुँच र सहभागिता आवश्यक – सभामुख महरा

फाइल तस्बिर

दाङ,फागुन २४ । १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संघीय संसदका सभामुख कृष्णबहादुर महराले शुभकामकना व्यक्त गरेका छन् ।

एक प्रेस बक्तव्य जारी गर्दै उनले श्रमिक महिला दिवसले समस्त नेपाली महिला दिदीबहिनीहरुबीच आपसी सद्भाव र एकता कायम गर्नुका साथै लैंगिक समानता, महिला सशक्तिकरण र महिलाहरुको हक अधिकार प्राप्तिको अभियानमा एकढिक्का भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

लामो संघर्षपछि जनप्रतिनिधिहरुले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले लैंगिक समानताका साथै राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गर्दै महराले संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिमा महिला सहभागिता अनिवार्य गर्न कानूनी व्यवस्था गरिएको उल्लेख गरेका छन् ।

यसले व्यवहारिक रुपमै महिलाहरुलाई राजनीतिक नेतृत्वको तहमा पनि सहभागिता र पहुँचको सुनिश्चितता गरेको भएपनि त्यो पर्याप्त नभएको भन्दै महिलाहरुलाई हरेक क्षेत्रमा समान पहुँच र सहभागिताका लागि धेरै काम गर्न बाँकी रहेको उनले बताएका छन् ।

‘लैंगिक समानताका लागि हामी सबैको सोंच र व्यवहारमा पनि समानता झल्किनुपर्दछ । राज्य तहबाटै सबैले प्रत्याभूत गर्ने गरी समान अवसर,समान सहभागिता र समान पहुँचको सुनिश्चितता गरिनुपर्दछ,’ महराले शुभकामनामा सन्देशमा भनेका छन् ‘महिलाहरुको अवस्थालाई दृष्टिगत गरी निश्चित समयसम्म समावेशी÷समानुपातिक प्रणाली एवं विशेषाधिकारको व्यवस्था हुनु उत्तिकै जरुरी छ ।’

नेपाल सरकारले ‘लैंगिक समानताका लागि समान सोंच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल उद्देश्यका साथ यो वर्ष श्रमिक महिला दिवस मनाउन लागेको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *