२०८१ भाद्र २८ गते शुक्रवार

धर्म परिवर्तनको लहडले द्वन्द निम्तन सक्छ : थापा

शिवु खनाल,
देउखुरी, फागुन २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले मु्लुकमा धर्म परिवर्तनको लहड बढ्दै गइरहेको बताएका छन । धर्म परिवर्तनको लहडलाई समयमै रोक्न नसकिए धार्मिक द्वन्दको खतरा बढ्ने उनको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय स्वाभिमान यात्रालाई लमहीमा शम्बोधन गर्दै अध्यक्ष थापाले बेरोजगारी समस्या, र जनचेतनाको कमीका कारण दिनानुदिन धर्म परिवर्तन भइरहेको बताए । पछिल्लो समय धर्म परिवर्तनको लहड डरलाग्दो हिसावले चलेको छ, समयमै यसलाई सम्बोधन गर्न नसके समस्या हुन सक्छ,थापाले भने ।

पुर्व उपप्रधान गृह तथा स्थानीय विकास मन्त्री समेत रहनु भएका थापाले आरक्षण जातिय आधारमा नभई बर्गिय हिसावले हुनुपर्ने तर्क गरे । आफूहरुको स्वाभिमान यात्रा हिन्दुराष्ट्र स्थापना,राष्ट्रिय अखण्डता,गरिबि समस्या हल गर्न र भष्ट्राचार नियन्त्रणमा सरकारलाई दबाब दिने उदेश्यले भएको भन्दै बर्तमान सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको आरोप लगाए ।

देशमा बेरोजगारी समस्या बढ्ुदै गइरहेको भन्दै देशमा युवालाई काम गर्ने बातावरण सिर्जना गर्न सरकारसंग माग गरे । ताप्लेजुङबाट शुरु भएको राष्ट्रिय स्वाभिमान यात्राको नवौं दिन दाङको लमही पुगेको हो । राप्रपाले फागुन मसान्त सम्म आफ्ना माग सम्बोधन नभए चैत्र देखि देशव्यापी संघर्ष गर्ने जनााएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *