तुलसीपुर, मंसिर ६ ।दाङको २ (ख) मा नेपाली काँग्रेसका प्रचण्ड बिक्रम न्यौंपानलेले सुरुवाती अग्रता लिएका छन् ।
काँग्रेस युवा न्यौपाने ४८७ मत प्राप्त गर्दा एमाले उम्मेदवार गिरिराज केसीले ४०४ मत प्राप्त गरेका छन् ।
उनीहरु बीचको मतान्तर ८३ रहेको छ । मंगलबारदेखि २ (ख) को मत गणना सुरु गरिएको हो ।
त्यस्तै २ (क) मा पनि नेपाली काँग्रेसकै नेता राजु खनालले अग्रता कायमै राखेका छन् ।
खनालले ७१७८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार बलीभद्र रानाले ५९५२ मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर १२२६ रहेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
