२०८१ माघ ३० गते बुधवार

थारु कल्याणकारिणी क्षेत्र नं. ३ को ध्यानाकर्षण


तुलसीपुर, फागुन २३ । टिकापुर घटनामा आरोपित रेशम चौधरीलाई आजीवन कैद सजाय तोकिएको भन्दै थारु कल्याणकारीणी सभा क्षेत्र नं. ३ दाङले घोर आपत्ति जनाएको छ । समितिले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत नेपालको संविधानको मुल मर्म र भावनाको महसुस नभएको बताउँदै चौधरीको न्यायका लागि सरकोरावालाहरुसँग अनुरोध गरेको छ ।

यसरी अन्यायपूर्ण तरिकाले चौधरीलाई आजीवन कैदको फैसला गरेका कारण थारु समुदायले सामाजिक न्यायको अनुभूतिसमेत गर्न नपाएको बताएको छ । जसका लागि न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई यस विषयमा ध्यानाकर्षण गर्न अनुरोधसमेत गरेको छ । हरेक विकासबाट वञ्चित हुनुको साथै थारु जातिले आफ्नो अधिकार र रक्षाका लागि जुर्मुराउन खोज्दा यस्ता गलत आरोप लगाईनु अपराध भएको बताइएको छ ।

टिकापुर घटनाको विषयमा मानवअधिकारकर्मीको प्रतिवेदनमा कुनै संलग्नता नभएको भनिए पनि उक्त प्रतिवेदनलाई वास्ता नगरी चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरिएकोमा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ दाङले ध्यानाकर्षण भएको बताएको छ । देशको विकासका लागि अहोरात्र खट्ने थारु समुदाय र यसका प्रतिनिधिहरु यसरी जेल चलान हुँदा नेपालको समृद्धि तर्फको यात्रा असफल हुने समेत थाकसका क्षेत्र नं. ३ का क्षेत्रीय सभापति महेश चौधरी र सचिव आशा चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *