२०७८ बैशाख १ गते बुधवार

कपिलबस्तुमा विप्वलका कार्यकर्ता माथि गोली प्रहार

दाङ,फागुन २३ । कपिलवस्तुमा प्रहरीको गोली लागेर एकजना विप्लवका कार्यकर्ता घाइते भएका छन् । शिवराज नगरपालिका वडा नं. ९ को तुरुन्तपुर स्थित घरमा नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोकाको घरमा खानतलासी गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले जानकारी दिएको छ ।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले यस्तो जानकारी दिएको हो । ‘विप्लवका कार्यकर्ता एसएमजी, पेस्तोलसहित हिडेको भन्ने जानकारीका आधारमा अनुसन्धानका लागि सर्च गर्न जाँदा भाग्न खोजेपछि प्रहरी गोली चलाउन बाध्य भएको हो,’ प्रदेश प्रहरी प्रमुख एवं डिआइजी पिताम्वर अधिकारीले भने । प्रहरी स्रोतका अनुसार रोकाको खुट्टामा गोली लागेको छ । घाइते रोकाको उपचार बुटवल प्रादेशिक अस्पतालमा भइरहेको जानकारी दिइएको छ ।

यसैबीच विप्लवका कार्यकर्ता रोकाको घरबाट १ थान एएमजी, १ थान चाईनिज पेस्तोल र झन्डै १ सय ३० थान गोली बरामद भएको डिआईजी अधिकारीले जानकारी दिए । घटना कतिवेलाको हो भन्ने सवालमा उनले स्पष्ट केही खुलाउन चाहेनन् । ‘हामी गएराति देखि नै सर्चमा थियौं र अहिले पनि त्यो अभियान जारी छ,’ डिआईजी अधिकारीले भने ।

प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *