दाङ,फागुन २२ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको एकदिने वन्दको प्रभाव विहीवार विहानैदेखि परेको छ । दाङ सहितका यसका आसपाका पहाडी जिल्लामामा विहानैदेखि यातायाता ठप्प छ । शिक्षण संस्था, बजार,कल कारखाना पनि वन्द भएका छन् । यद्यपी दाङमा छोटा दुरीका तथा साना सवारी साधान भने आँशिक माात्रामा संचालनमा आएको देखिएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङले भने पूर्व पश्चिम राजमार्गमा बन्दको प्रभाव न्यून रहेको तथा यातायातका साधनहरु अन्य दिनहरु जस्तै संचालनमा आएको दाबी गरेको छ । लामो दुरीका कुनैपनि गाडिभने संचालनमा नआएको राप्ती अंचल सार्वजनिक बस व्यवसायी समितिका पदाधिकारीले जानकारी दिएका छन् ।
पक्राउ गरिएका आफ्ना नेताहरुको विना सर्त रिहाइको माग गर्दै नेकपाले विहीवार एक दिनका लागि पुरानो राप्ती अंचलका जिल्लाहरुमा बन्दको घोषणा गरेको छ । वन्दकर्ता कतै नदेखिएको भएपनि शहर बजारका चोकहरुमा प्रहरीको तैनाथी देखिन्छ ।
यसैबीच नेकपाका राप्ती व्युरो इञ्चार्ज सुवासले बुधवार एक विज्ञप्ती प्रकासित गर्दै विहीवार एक दिन राप्ती बन्दको घोषणा गरिएको जानकारी दिएका थिए । फागुन २० गते रोल्पा वाट पक्राउ परेका तीन जना नेता र फागुन २१ गते दाङवाट पक्राउ परेका तीन जना नेताको विना सर्त रिहाइको मागपनि उलने विज्ञप्ती मार्फत गरेका छन् ।