२०८१ बैशाख ८ गते शनिवार

रोल्पामामा दुईवटा गाडीमा आगजनी,अर्कोमा तोडफोडको प्रयास

दाङ, फागुन २३ । रोल्पाको गंगादेवी गाउँपालिकाका अध्यक्ष विरबहादुर खत्रीको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । रोल्लाका प्रहरी प्रमुख एवं डिएसपी दिपक खड्काका अनुसार गाउँपालिकाको वडा नं। ४ अन्तरगत ग्वालेखोलामा पार्किङ गरि राखेको भे १ ज २७८५ नम्वरको बोरेरो जीपमा अगात समुहले आगजनी गरेको थियो । अध्यक्ष खत्री मंगलवार त्यहाँ स्थानीय मेलाको उद्घाटन गर्न भनि गएको र उनी बास बसेका थिए ।

त्यस्तै प्रहरीले बुधवार राति नै अर्कौ एउटा स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको जानकारी दिएको छ । ‘त्रिवेणी गाउँपालिकाको स्काभेटरमा आगजनी गरेको भन्ने कुरा आएको छ,’ डिएसपी खड्काले भने ‘ त्यो निकै टाढा छ र हामी त्यता जाँदैं छौं । त्यहाँ पुगेपछि मात्रै त्यसवारे जानकारी दिनेछु।’ स्थानीयले भने गाउँपालिकाको स्काभेटरमा गएराति अज्ञात समुहले आगजनी गर्दा जलेर नष्ट भएको जानकारी दिएका छन् ।

यसैबीच रोल्पाको त्रिवेणी गाउँपालिकामा पनि बुधवार राति अर्कौ एउटा गाडिमा ढुङ्गा प्रहार गरि तोडफोडको प्रयास भएको प्रहरीले जानकारी दिएको छ । ढुङ्गा प्रहार वाट गाडिका सिसाहरु फुटेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *