२०८१ बैशाख १२ गते बुधवार

युवा सघ दाङका उपाध्यक्ष वलि सहित ३ सय बढी युवाहरु नेपाली काग्रेसमा प्रवेश


तुलसीपुर,मङ्सिर १ । नेकपा एमाले निकट राष्ट्रिय बाणिज्य सघ तुलसीपुर नगर समितिका उपाध्यक्ष निर्मल कुमार पौडेल,नेकपा एमाले निकट युबा सघ दाङका उपाध्यक्ष कृष्ण सागर वलि सहित करिब ३ सय युवाहरु नेपाली काग्रेसमा प्रबेश गरेका छन ।

बिहिवार तुलसीपुरमा एक कार्यक्रमका बिच दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरी, दाङ क्षेत्र न ३ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार डिल्ली चौधरी,लुम्बिनी प्रदेशका सासद शकर गिरी लगाएतका नेताहरुले फुलमालाले युबाहरुलाई स्वागत गरेका हुन ।

त्यस अबसरमा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एबम नेपाली काग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले नबप्रबेशी युवाहरुलाई दत्तचित्त भएर पार्टीलाई सहयोग आग्रह गरेका छन ।

युवाहरु देश परिबर्तनको सम्बाहक भएको भन्दै उनले
आफू बिजयी भएर गएपछि युवाहरुलाई अगाडी बढाउने तालिम तथा कार्यक्रमहरु ल्याउने तर्क गरे ।

नेपाली दाङ क्षेत्र नम्बर ३ का सभापति देबेन्द्र रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *