२०७७ माघ ३ गते शनिवार

नेताको रिहाइको माग गर्दै राप्ती बन्दको घोषणा

दाङ, फागुन २२ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पक्राउ गरिएका आफ्ना नेताहरुको बिहीबार राप्ती बन्दको घोषणा गरेको छ । नेकपाका राप्ती व्युरो इञ्चार्ज सुवासले बुधवार एक विज्ञप्ति प्रकासित गर्दै बिहीबार एकदिन राप्ती बन्दको घोषणा गरेको जानकारी दिएका छन् । 

पुरानो राप्तीअन्तर्गत दाङ, सल्यान, रुकुम, रोल्पा र प्यूठान जिल्लाहरु पर्दछन् । फागुन २० गते रोल्पाबाट पक्राउ परेका तीनजना नेता र फागुन २१ गते दाङबाट पक्राउ परेका तीनजना नेताको विरोधमा बन्द आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ । उनीहरुको विनासर्त रिहाइको माग गर्दै त्यसो नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ । विज्ञप्तिमा गैरकानुनी खानतलासी र धरपकडको निन्दा गरिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *