२०८१ साउन ५ गते शनिवार

गठबन्धन टुटाउन चलखेल भएको छ,सचेत रहनुहोला : अनुराग खडका

दाङ,कात्तिक २६ । नेपाली कांग्रेसका युवा नेता, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन दाङ- १ प्रदेश “ख” का उम्मेदवार अनुराग खड्काले गठबन्धन टुटाउन चलखेल भएको बताएका छन ।

लमही नगरपालिकाका विभिन्न वडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार खड्काले जनतालाई फेरी पनि भ्रममा पारेर चुनाव जित्नका लागि नेकपा एमाले लागि परेको भन्दै जनता होसियार हुनु पर्ने उनको भनाई छ ।

चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता खड्काले एमालेका साथीहरुले गठबन्धनको अगाडी हार स्वीकार गरि सकेको समेत ठोकुवा गरे ।

मेटमणि चौधरी र अनुराग खड्काको चुनाव चिन्ह सुर्य हो, त्यसैमा मतदान गर्नु होला’ समेत भन्न भ्याउनु भएछ यो भन्दा लज्जास्पद अरु के हुन् सक्छ ? खड्काले भने ।

त्यस्तै लुम्बिनी प्रदेश सभा समानुपातिक उम्मेदवार लोका विश्वकर्माले पांच वर्ष लमही नगरपालिकाको नगर प्रमुख हुँदा के के काम गर्नु भयो ? मेयर साप भोट माग्न आउँदा यो प्रश्न गर्नु होला उनले भनिन ।

“एमालेसंग डराएर कांग्रेसले पांच दल संग गठबन्धन गर्यो नेकपा एमालेले नौ वटा दलसंग चुनावी तालमेल गरेको हामीले पनि थाह पाएका छौं’- विश्वकर्माले भन्नु भयो ।

आगामी मङ्सिर ४ गते हुन् गैरहेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुरा मात्र गर्ने, काम नगर्ने, घुसखोर, भ्रष्टाचारहरुलाई भोट नदिन र गठबन्धनका उम्मेदवारलाई भोट दिएर निर्वाचित गराउन प्रदेश सभा सदस्य खड्का र समानुपातिक उम्मेदवार विश्वकर्माल सबैलाई आग्रह गरेकी छिन ।

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *