२०७९ मङ्सिर १६ गते शुक्रवार

तुलसीपुर डान्स आइडलमा आज सेमिफाइनलको प्रतिष्पर्धा हुँदै

तुलसीपुर, कात्तिक २५ । तुलसीपुर जारी लोक नृत्य प्रतियोगितामा आज सेमिफाइनलको प्रतिष्पर्धा हुने भएको छ ।

सेमिफाइनलको प्रतियोगितामा सात जनाले प्रतिष्पर्धा गर्ने आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिए ।

नवप्रतिभालाई उजागर गर्नका लागि गत असोज ३० गतेदेखि तुलसीपुरमा लोक नृत्य प्रतियोगितामा संचालन भइरहेको छ ।

आज सेमिफाइनलबाट छनौट भएकाले फाइनलमा प्रतिष्पर्धा गर्न पाउने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने बिजेताले नगद १ लाखसहित तीन कार्टुन रारा चाउचाउ प्राप्त गर्ने भएको छ ।

यस्तै दोस्रो हुनेले नगद ५० हजार र दुई कार्टुन चाउचाउ र तेस्रो हुनेले नगद २५ हजार १ कार्टुन चाउचाउ प्राप्त गर्ने भएका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.